Champadevi Samma
Автор: Diwash Gautam
Загружено: 2024-03-20
Просмотров: 204
"Day to Day life ले दिमाग लास्टै ह्यङ हानिसक्यो यार। जुम हौ कतै एकदिन यसो मिलाएर"
होस्टलमा हुने हाम्रो प्राय भेटघाटमा तिनैजनाबाट समय समयमा यस्तो भनाइ निस्किन्थियो।
बाहिर निस्किनुअघी योपल्ट म ह्यङ हुनुपर्यो।
नर्मल जीवनको स-साना पल, जो ह्यङ अवस्थामा बालै नभइ बेवास्ता हुन्छ .. बेला बेलाको Nature Break पछि त्यस्तै घटना अनि उहीँ मान्छेहरुलाई नयाँ दृष्टिकोणबाट appreciate गर्न आउँछ ।
चुचुरोदेखि हेर्न सकिने अध्भुत दृश्यको कल्पनाले सुरुमा मलाई उत्साहित बनाउछ, म त्यहाँ पुग्ने अनि त्यो दृश्यको हिस्सा आफुलाई बनाउने अठोटमा हिड्न सुरुगर्छु। म गल्छु, एउटा चौतारोमा सुस्केरा हाल्दै थकाइ मेट्छु, थाकेको शरीरलाई अगाडिको यात्रा तय गर्न थप उर्जा भरिदिन्छ त्यो चौतारीले। हामिले हाम्रो जीवनको चौतारीहरु रोज्नुपर्छ। म चुचुरोमा केहिबेर रमाउछु, त्यहाँबाट देखिएको मेरो संसार हेर्छु। यात्रीको लागि चुचुरोपनि एउटा चौतारी हो, उ यहाँसम्म चुचुरोबाट देखिने संसारलाई मात्र आएको हैन। उसको जीवन शिखरको सपनामा छ, अघिल्लो पाइला चाल्न नसकिने हिडाँइको त्यो थकाईमा छ, स्याँ-स्याँ अवस्थामा लडेँकाे शरीरलाई एक झोका शीतल बतासिदाको त्यो पलमा छ, घरबाट निस्किएपछी, घर नफर्किएसम्मको त्यो यात्रामा छ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: